२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको कालिका क्याम्पस स्थापनाको दश वर्षमा नेपालकै उत्कृष्ठ



बुटवल । कलेज संचालनमा आएको बुटवलको कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ मध्यको क्याम्पस बन्न सफल भएको छ । त्रिभुवन विश्व विद्यालयका अंगिक क्याम्पसमा उत्कृष्ठ अंक ल्याउन सफल कालिका सामुदायिक कलेज ९ वर्षकैबीचमा आफ्नै सुबिधासम्पन्न भवनमा संचालनमा समेत आएको छ ।

शनिबार कलेजमा पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य घनश्याम पाठकले कलेज १० वर्षको समयमा अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला बनाउन सफल भएको जानकारी दिए । कालिका सामुदायिक कलेजको नवौ वार्षिकोत्सब तथा अभिभावक दिवसमा भवन उद्घाटन गरिने उनले जानकारी दिए। भवनको पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट मंसिर २३ गते भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

विविएस, विविए, विएड गरि ३ विषयमा अध्ययन गराइने सामुदायिक कलेजतर्फ देशमै प्रथम भएको उनले बताए । यसैगरि देशभर रहेको आँगिकका १ सय २६ विसिए कलेज रहेकोमा कालिका तेस्रो स्थानमा आएको पनि प्राचार्य पाठकले बताए ।

शुरुवातमा पहिलो ब्याचले ३ लाख ८ हजार रुपैयामा ८ सेमिष्टर पढ्दा खर्च लाग्ने गरेकोमा समयसापेक्ष पछिल्लोसमय ६ लाख रुपैयाको प्याकेजमा अध्यापन गराइँदै आएको छ ।

कलेजमा लाईब्ररीलाई रिसर्च सेन्टरको रुपमा बढाउने रुपमा सरकारबाट आवश्यक सहयोग मिलेर अगाडि बढने उनले बताए ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट ६ करोड रुपैया क्याम्पसको आन्तरिक आम्दानीबाट सहयोगबाट भवन बनाएको उनले जनाए । कलेजमा हाल ३५ जनाबाट शरु भएको कलेजमा हाल २ हजार ८ सय विद्यार्थीहरु अध्ययरत छन । कलेजमा ७५ जना प्राध्यापक र कर्मचारीहरु छन ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ३४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले