२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बाजुरा प्रदेशसभा (२) बाट कांग्रेसका शाही निर्वाचित



बाजुरा । बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याएका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरेका हुन । सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो ।

कार्यालयले शनिबार बेलुकी प्रदेशसभा-१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा-१ का नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन । प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : २४ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक