२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा



काठमाडौं । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ ।

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो ।

यसअघि हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४ औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने उनले गोल गर्न सफल भए ।

विश्वकपमा फ्रान्स समूह डिको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ०५ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप