१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सेयर बजार ५ अंकले घट्यो, ९६ करोडको कारोबार



काठमाडौं । आज नेप्से परिसुचक ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हाे । सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।

आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, १९९  कम्पनीको कारोबार हुँदा ७८ कम्पनीकाे सेयरमूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२  प्रतिशतले वृद्धि भएको छ ।

सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ उपसुचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसुचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले