१६ बैशाख २०८१, आइतबार | April 29, 2024

रुपन्देहीको सीमा क्षेत्रमा भारतको हेपाई : दशगजामै पर्खाल (फोटोफिचर)



रुपन्देही । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको हो  ।

दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दशगजाभरि इँटा खसालेको छ ।

पिलर नम्बर ५१९ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ । नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

‘सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो,’ अर्यालले भने, ‘हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौं र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौँ ।’ भारतले दशगजालाई नै प्रभावित पार्ने गरी निर्माण कार्य सुरु गरेको उनले बताए ।

दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ । तर, भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाइ छ । ‘दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा प्राविधिक टोलीको प्रतिवेदनको आधारमा गर्न पाइन्छ,’ उनले भने,‘हामीले पनि गृहमन्त्रालयमा खबर गरेका छौँ, मन्त्रालयले यसबारे आवश्यक समन्वय गर्नेछ ।’

नेपाल भारतको सीमा नाका बेलहियामा एकीकृत जाँचचौकी निर्माणको चरणमा रहेको छ । नेपालले धेरै समयअघि नै जग्गा अधिग्रहण गरे पनि भारतीय पक्ष भने जग्गा अधिग्रहणको कारण रोकिएको थियो । पूर्वनिर्धारित क्षेत्रभन्दा केही पश्चिम अहिले भारतीय पक्षले आइसिपी निर्माणका लागि जग्गा लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : ३७ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क