८ बैशाख २०८३, मंगलबार | April 22, 2026

युक्रेनी राष्ट्रपति टाइम वर्ष व्यक्ति घोषित



किभ । टाइम पत्रिकाले रुसको आक्रमणको सामना गर्दा देशले देखाएको प्रतिरोधको लागि राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ‘युक्रेनको आत्मा’ लाई सन् २०२२ को वर्ष व्यक्ति घोषित गरेको छ ।

जेलेन्स्कीको किभमा रहने र चलिरहेको युद्धको बीचमा आफ्नो देशलाई एक जुट गर्ने निर्णयलाई “भाग्यपूर्ण“ भन्दै टाइमका प्रमुख सम्पादक एडवर्ड फेलसेन्थलले यस वर्षको निर्णय “स्मरणमा सबैभन्दा स्पष्ट“ भएको बताए ।

रुसले २४ फेब्रुवरीमा हमला  गरेदेखि जेलेन्स्कीले युक्रेनीहरूले मात्र नभई विश्वभरका नागरिकहरू र सरकारहरूद्वारा पनि दैनिक सम्बोधन गर्दै आएका छन् ।

उनी अग्रपंक्तिमा देखा परेका छन् र भर्खरै युक्रेनले रूसलाई महत्वपूर्ण दक्षिणी सहरबाट धकेल्दा खेरसनको सडकमा उत्सव मनाएका छन् ।

‘उनको सूचनाको आक्रामकताले भूराजनीतिक मौसम प्रणालीलाई परिवर्तन ग¥यो, जसले कार्यको लहर तय गर्दै विश्वलाई नै कम्पन ग-यो’, फेलसेन्थलले विजेताको घोषणामा लेखे ।

टाइमले पहिलो पटक सन् १९२७ मा वर्ष व्यक्तिको अवार्ड प्रदान गरेको थियो । टाइमको वार्षिक अवार्ड अन्तिम पटक २०२१ मा अर्बपति तथा ट्वीटरका मालिक एलोन मस्कलाई दिइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : ०२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति