२ माघ २०८२, शुक्रबार | January 17, 2026

दुर्घटनामा विदेशी नागरिकको मृत्यु



भरतपुर । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

नारायणगढबाट काठमाडौं जाँदै गरेको ना४१प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१च१६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ ।

पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १ : ३७ बजे

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ