२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप फुटबल-२०२२ : आजदेखि क्वाटरफाइनल सुरु हुँदै, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् ।

क्वाटरफाइनलको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपमा ब्राजिलले अन्तिम-१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४-१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएको थियो ।

आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

अर्जेन्टिनाले अन्तिम-१६ को खेलमा अस्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन् । शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ५१ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई