४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, ‘एमसीसी’ छलफलको एजेण्डा



काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न भन्दै पटक पटक मिती तय गर्दै स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ ।

आजको बैठक पनि एमसीसीबारे छलफल गर्न बोलाईएको बताईएको छ । नेकपाका एक नेताका अनुसारमा बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने छ ।

यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।

एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन । एमसीसीकै कारण नेकपाको स्थायी समितीको बैठक समेत बस्न नसकेको बताईएको छ । स्थायी समिति र केन्द्रीय कमिटीमा एमसीसीको एजेण्डामा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली अल्पमतमा रहेका कारण उनले बैठक बोलाउन अनिच्छा देखाएपछि बैठक बस्न नसकेको नेकपा श्रोतले बताएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको