७ पुस २०८२, सोमबार | December 22, 2025

भुवन नगरकोटीलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि



काठमाडौं । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नगरकोटी विजेता बनेका हुन् ।

भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ५८ को नतिजामा उपाधि जितेका छन्। उपाधिसहित भुवनले एक लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करियरको दशौं उपाधि हो।

६–अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो भए। उनले ७८ हजार प्राप्त गरे। इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए।

पहिलो दुई दिनका लिडर रवि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे। तेस्रो र चौंथो भएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए। विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : १२ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले