१५ असार २०८३, सोमबार | June 30, 2026

भुवन नगरकोटीलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि



काठमाडौं । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नगरकोटी विजेता बनेका हुन् ।

भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ५८ को नतिजामा उपाधि जितेका छन्। उपाधिसहित भुवनले एक लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करियरको दशौं उपाधि हो।

६–अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो भए। उनले ७८ हजार प्राप्त गरे। इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए।

पहिलो दुई दिनका लिडर रवि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे। तेस्रो र चौंथो भएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए। विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : १२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै