१३ जेष्ठ २०८१, आइतबार | May 26, 2024

खजुराको क्यान्सर अस्पतालमा गरियो ‘स्टेज ४ बी’को अवस्थामा पुगेको जटिल अप्रेशन



खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको छ । अस्पतालले बाँके जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवाका राजकुमार लोनियाको जटिल अवस्था (स्टेज–४ बी) मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो ।

खजुरामा क्यान्सर अस्पताल संचालन भएपछि भएको अप्रेशन मध्य यो एक ठुलो केसको अप्रेशन भएको चिकित्सकहरुले बताएका छन् । पूर्णरुपमा साधन श्रोत उपलब्ध भइनसक्दै खजुरा स्थित अस्पतालमा यसप्रकारको जटिल अप्रेसन हुनुलाई चुनौतीपूर्ण मानिएको छ ।

अस्पतालका हेड एण्ड नेक सर्जन डा. ऋषिकेश ठाकुरले करिव आठ घण्टा लगाएर लोनियाको अप्रेसन सम्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ ।

लखनउको अस्पतालले धेरै पैसा लाग्ने र निको हुने ग्यारेन्टी नभएको बताएपछि लोनिया खजुरा क्यान्सर अस्पतालमा आएका थिए । अस्पताल आएको १२ औं दिन शुक्रबार लोनिया सफल अप्रेसन गरेर घर फर्किएका छन् ।

मुख तथा अनुहारका सर्जन डा. शैलेश गौतमका अनुसार, लोनियाको घाउले छाला र हड्डी समातिसकेको थियो । मुख बन्द भइसकेको थियो । घाटीसम्म फैलिएको थियो । बंगाराको हड्डी र आँखा तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर लगाइएको छ । यो चरणमा पुगेको क्यान्सरलाई स्केज ४ बी भनिन्छ । ‘स्टेज ४ सी’मा पुगेपछि समान्यतया अप्रेसन गर्न मिल्दैन ।’ डा. गौतमले भने ।

डा. ठाकुरले खजुरामा यो सहित खजुरामा थाइराइडका ठूला दुई वटा अप्रेसन गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले खजुरामा अहिले क्यान्सरका जटिल अप्रेसनहरु पनि हुन थालेको बताए । उनले फोक्सो, रगतको नसा, नाक, कान, घाँटीका ठूल्ठूला अप्रेसनहरु पश्चिम नेपालमा पहिलो पटक खजुरामा भइरहेको जानकारी दिए । पछिल्लो अप्रेशन कोमाण्डो प्रकृतिको भएको उनले बताए । क्यान्सरको लागि महत्वपूर्ण लिन्याक मसिन भन्सारमा आइपुगेको जानकारी दिँदै निर्देशक डा. भट्टराईले मसिन जडान भएपछि खजुराबाटै सबै प्रकारको क्यान्सरको उपचार दिन सकिने बताए ।

झण्डै ७ वर्ष अघि खजुरा र यस आसपासका स्थानीयबासीको मुट्ठी दानबाट संकलित ५ करोड बढी रकमबाट अस्पतालको जग बसेको भएपनि हाल अस्पताललाई संघीय सरकारले स्वामित्व ग्रहण गरेर संचालन गरिरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : १८ बजे

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १० औंँ स्थानमा

काठमाडौं । नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक

तराईमा केहीदिन अत्याधिक गर्मीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू-भागहरूमा अत्याधिक

विश्वप्रकाशको आरोप – महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था बन्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय

अचाक्ली गर्मी बढेपछि नेपालगन्ज उपमहानगरले दियो ४ दिन विद्यालय बिदा

नेपालगन्ज । नेपालगन्जमा अत्याधिक गर्मी सहित तातो हावा लु चलेपछि