१० भदौ २०८३, बुधबार | August 27, 2026

पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल-२०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा खेलमा पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरोक्कोसँग १–० ले पराजित भएको हो । यससँगै कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य बन्यो ।

अल थुमामा रंगशालामा भएको खेलमा खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गरेको गोल नै निर्णायक बन्न पुगेको हो ।

योसँगै मोरक्कोले इतिहास बनाएको छ । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश भएको छ ।

यसअघि क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० मा क्वाटरफाइनलबाट बाहिरिएका थिए ।

यो गोल गरेसँगै उनले मोरक्कोका लागि रेकर्ड पनि कायम गरेका छन् । हेडिङबाट उनले गरेको यो गोल विश्वकप फुटबलमा मोरक्कोका कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।

सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र इङ्ल्याण्डबीच हुने प्रतिस्पर्धाबाट विजयी हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ४८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट