२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल-२०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा खेलमा पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरोक्कोसँग १–० ले पराजित भएको हो । यससँगै कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य बन्यो ।

अल थुमामा रंगशालामा भएको खेलमा खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गरेको गोल नै निर्णायक बन्न पुगेको हो ।

योसँगै मोरक्कोले इतिहास बनाएको छ । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश भएको छ ।

यसअघि क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० मा क्वाटरफाइनलबाट बाहिरिएका थिए ।

यो गोल गरेसँगै उनले मोरक्कोका लागि रेकर्ड पनि कायम गरेका छन् । हेडिङबाट उनले गरेको यो गोल विश्वकप फुटबलमा मोरक्कोका कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।

सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र इङ्ल्याण्डबीच हुने प्रतिस्पर्धाबाट विजयी हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ४८ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई