१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

खजुराको क्यान्सर अस्पताललाई पर्याप्त विद्युत उपलब्ध गराउने कुलमान घिसिङको आश्वासन



खजुरा । बिना कारण पटक पटक विद्युतको लाईन काटिने समस्या भोग्दै आएको बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले पर्याप्त विद्युत उपलब्ध गराउने आश्वासन दिएका छन् । आज अपरान्ह अस्पतालको अवलोकन भ्रमण गरेका घिसिङले अस्पताललाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनु आश्वासन दिएका हुन् ।

नेपालगन्जको बसपार्क फिडरबाट विद्युत सप्लाई हुँदै गरेको खजुरा क्षेत्र बाँकेमा सबै भन्दा बढी विद्युत अवरुद्ध हुने क्षेत्र हो । अस्पतालको अवलोकन गर्दै कार्यकारी महानिर्देशक घिसिङले अस्पताललाई विद्युतको कमी हुन नदिने बताएको घिसिङलाई उदृढ गर्दै अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

आज अपरान्ह घिसिङ विद्युत प्राधिकरण नेपालगन्ज प्रशारण केन्द्रको टोलि सहित खजुरा स्थित क्यान्सर अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : १० बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा