१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

दलहरुले समानुपातिक सांसदको नामावली आज ४ बजेसम्ममा सच्याउन पाउने



काठमाडौं । समानुपातिकतर्फ सीट प्राप्त गरेका दलले पेश गरेको सांसदको सूची सोमबार (आज) ४ बजेसम्म सच्याउन पाउने भएका छन् । निर्वाचन आयोगले पेश गरेको नामावली सच्याउनका लागि दललाई समय दिएको छ ।

त्रुटि गरेर समानुपातिक सांसदको नाम पठाउने राजनीतिक दललाई सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक सांसदको विवरणमा सच्याउनुपर्ने अवस्था भने नरहेको बताए ।

आयोगले दलबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिने र प्रमाणपत्र वितरण गरिने छ ।

निर्वाचन आयोगका अनुसार १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : २० बजे

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट

काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल