२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कतार फिफा विश्वकप-२०२२ : सेमिफाइनल र फाइनलमा प्रयोग हुने ‘अल हिल्म’ बल सार्वजनिक



काठमाडौं । फिफाले कतार विश्वकपका सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सर्वाजनिक गरेको छ । फिफाले कतार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने बलको नाम ‘अल हिल्म’ राखेको छ ।

अल हिल्मको अर्थ द ड्रिम भन्ने हुन्छ । समूह चरणमा खेलाइएको ‘अल रिहला’ को जस्तै सेन्सर प्रविधि जडान गरिएको फिफाले जनाएको छ ।

फिफाका अनुसार यो बलमा अल रिहला जस्तै अर्ध स्वचालित अफसाइड सिस्टमलाई जडान गरिएको छ । यो प्रविधि जडानपछि सूचना प्रवाह गर्न र भिडियो म्याच अफिसियललाई पनि डाटा निकाल्न निकै सहज भएको बताइएको छ ।

साथै फिफाले मैदानमा अनौठो क्षणको बारेमा पनि जानकारी राख्न सहज हुने बताएको छ ।

पानीमा आधारित रहेर पूर्णतया वातावरण मैत्रीमसी र गम प्रयोग गरिएको छ । कतारको मुरुभूमिलाई संकेत गर्न बलमा एक सानो त्रिभुज राखिएको छ ।

कतारको झन्डाको रंगलाई समेत ध्यानमा राखेर बलको डिजाइन गरिएको बल निर्माता कम्पनी एडिडासले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ३२ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’