२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ओलीपछि प्रचण्डलाई भेट्न अर्जुननरसिंह केसी खुमलटारमा पुगे



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।

कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दुवैजनाले एकअर्कालाई बधाई साटासाट गरेका थिए ।

निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समीक्षा गरेका प्रचण्ड र केसीबीच बालाजु बाईपास–ककनि (रानिपैवा-त्रिशुलि) अस्तव्यस्त रुपमा रहेको पुरानो पासाङल्याम्मु राजमार्ग छिटोभन्दा छिटो बनाउने विषयमा पनि कुराकानी भएको छ ।

अर्थतन्त्र सुधारको विषयमा गठबन्धन दलहरुबीच साझा अवधारणा तय गरि  र सहकार्य गरि अणाडि बढ्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ५२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले