५ पुस २०८२, शनिबार | December 20, 2025

अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त



लद्दाख । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच छोटो भिडन्त भएको छ । डिसेम्बर ९ मा भएको आमनेसामनेले “दुवै पक्षका सेनालाई  सामान्य चोटपटक“ लागेको  भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।

यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।

सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा-हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए ।
 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ३० बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले