४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतमा ‘मोदीलाई मार्न तयार हुनुहोस्’ भन्ने कांग्रेस नेता पक्राउ



नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए ।

एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’

उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले टिप्पणीको निन्दा गरे । उनले कांग्रेस नेता राहुल गान्धीको पनि विरोध गरे । ‘भारत जोडो यात्राको नाटक गर्नेहरूको वास्तविक अनुहार बाहिर आउँदैछ’ उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको