२६ बैशाख २०८१, बुधबार | May 8, 2024

लुम्बिनी प्रदेश राजधानीको बुधबार उदघाटन गरिँदै



भालुवाङ । व्यवस्थित संरचना तयार नगरि रातारात दाङको देउखुरी क्षेत्रमा सारिएको लुम्बिनी प्रदेशको राजधानीको उदघाटन गरिने भएको छ । दाङको देउखुरीमा बुधवार (भोली) राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गर्न लागिएको हो ।

२०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाई बहुमतद्वारा नाम र स्थान पारित भए सँगै हालका मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा आवश्यक संरचना तयार नहुँदै अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित केही मन्त्रालयका सरसामान देउखुरी पु¥याइएको छ । सबै मन्त्रालयहरु समेत स्थानअभावका कारण स्थायी राजधानीस्थलमा नसर्दै राजधानीको उदघाटन गर्न थालिएको हो । मुख्यमन्त्रीको आफैले राजधानीको उदघाटन गर्ने तिब्र इच्छा पुरा गर्न संरचना तयार नहुँदै उदघाटन कार्यक्रम तय गरिएको प्रदेश सरकारका एम मन्त्रीले बताए ।

प्रदेश राजधानीलाई राष्ट्रिय झण्डा फहराएर उदघाटन गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । विभिन्न जातजातिको झाँकीसहित एक भव्य समारोहका बीच राजधानीको उदघाटन गर्न लागिएको उनले बताए ।

राजधानी उदघाटन हुने भएपछि राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मुल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर तयारीलाई तिब्र बनाएको छ । यसैबीच सोमबार मुल समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको समिक्षा बैठकले करिब ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको छ ।

हालसम्म विभिन्न उपसमितिहरूलाई तोकिएको जिम्मेवारी अनुसार सरसफाई, स्वागत गेट निर्माण, प्रचारप्रसार, राजमार्ग छेउछाउका प्रतिक्षालय तथा सार्वजनिक स्थल रंगरोगनको काम करिब पूरा भएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए ।

कार्यक्रमका दिन थारू, मगर, गुरूङ, अवधी, मुस्लिम लगायत विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिने राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले जानकारी दिइन् ।

कार्यक्रममा वर्तमान तथा निवर्तमान मुख्यमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, संघ संस्थाका प्रमुख, सञ्चारकर्मीहरू, सर्वसाधारणहरू गरि करिब २ हजार बढीको सहभागीता रहने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ४९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार