१८ असार २०८३, बिहिबार | July 2, 2026

इरानमा हिजारबविरोधी प्रदर्शनमा उत्रिएका ४०० जनालाई २ देखि १० वर्षसम्म जेल सजाय



तेहरान । तेहरान र वरपरका अदालतहरूले हिजाब र सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित घटनामा कम्तीमा ४०० जनालाई १० वर्षसम्मको जेल सजाय तोकेका तेहरान प्रान्तका न्यायपालिका प्रमुख अली अलघासी–मेहरले बताएका छन् ।

न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अल्घासी–मेहरलाई उद्धृत गर्दै भनेको छ, ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई दुई वर्षसम्मको जेल सजाय सुनाइएको छ । ’

देशको ३१ प्रान्त मध्ये तेहरान एक मात्र भएकोले जेल सजायको कुल संख्या धेरै बढी हुनसक्छ । २२ वर्षीया महसा अमिनीको नैतिकता प्रहरीले पक्राउ गरेपछि भड्किएको विरोध प्रदर्शनमा सेप्टेम्बरको मध्यदेखि हालसम्म देशभर १४ हजारभन्दा बढीलाई पक्राउ गरिएको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको अनुमान छ ।

प्रहरी हिरासतमा अमिनीको मृत्युले आन्दोलनलाई उत्प्रेरित गरे पनि उनीहरू अभूतपूर्व नागरिक विद्रोहमा परिणत भएका छन् । इरानीहरूले दशकौंदेखि चलिरहेको दमन, धर्मको नाममा दुस्साहस र अन्तर्राष्ट्रिय एक्लोपनप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : ४८ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष