६ पुस २०८२, आइतबार | December 21, 2025

इरानमा हिजारबविरोधी प्रदर्शनमा उत्रिएका ४०० जनालाई २ देखि १० वर्षसम्म जेल सजाय



तेहरान । तेहरान र वरपरका अदालतहरूले हिजाब र सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित घटनामा कम्तीमा ४०० जनालाई १० वर्षसम्मको जेल सजाय तोकेका तेहरान प्रान्तका न्यायपालिका प्रमुख अली अलघासी–मेहरले बताएका छन् ।

न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अल्घासी–मेहरलाई उद्धृत गर्दै भनेको छ, ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई दुई वर्षसम्मको जेल सजाय सुनाइएको छ । ’

देशको ३१ प्रान्त मध्ये तेहरान एक मात्र भएकोले जेल सजायको कुल संख्या धेरै बढी हुनसक्छ । २२ वर्षीया महसा अमिनीको नैतिकता प्रहरीले पक्राउ गरेपछि भड्किएको विरोध प्रदर्शनमा सेप्टेम्बरको मध्यदेखि हालसम्म देशभर १४ हजारभन्दा बढीलाई पक्राउ गरिएको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको अनुमान छ ।

प्रहरी हिरासतमा अमिनीको मृत्युले आन्दोलनलाई उत्प्रेरित गरे पनि उनीहरू अभूतपूर्व नागरिक विद्रोहमा परिणत भएका छन् । इरानीहरूले दशकौंदेखि चलिरहेको दमन, धर्मको नाममा दुस्साहस र अन्तर्राष्ट्रिय एक्लोपनप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : ४८ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा