११ असार २०८३, बिहिबार | June 25, 2026

प्रदेश राजधानी कार्यान्वयन गरेर प्रदेश सरकारको साहस प्रदर्शन : मुख्यमन्त्री केसी



देउखुरी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आजबाट लुम्बिनी प्रदेश सरकारको सम्पूर्ण काम देउखुरीबाट प्रारम्भ भएको घोषणा गरेका छन् ।

प्रदेश राजधानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदे विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको बताए ।

कुनै परिणामका लागि साहस चाहिने बताउँदै मुख्यमन्त्री केसीले त्यहि साहस प्रदर्शन अन्तर्गत संघीयता कार्यान्वयनमा आफ्नो सरकार सफल भएको दाबी गरे ।

उनले प्रदेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको अब नरहने घोषणा गरे । ‘लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख हुनेछ ।’ उनले भने ।

उनले राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुख सहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिए ।

संरचना नबन्दै अस्थायी राजधानी बुटवलबाट रातारात मन्त्रालय सारेर देऊखुरी पुर्याइएको आलोचना बीच बुधबार तामझामकासाथ  प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती, प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, प्रमुख सचिव डा. दिपक काफ्ले लगायतले बोलेका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका स्थानीयले झाँकी प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ४९ बजे

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल