२९ चैत्र २०८२, आइतबार | April 13, 2026

सात महिनासम्म किशोरीलाई बलात्कार, तीनजना पक्राउ



धनगढी । कञ्चनपुरमा मानसिक रूपमा स्वस्थ नरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ परेकाहरूले सात महिनासम्म किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा कमजोर रहेकी १७ वर्षीया किशोरीलाई युवकहरूले बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।  उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा आइतबार जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

‘किशोरी गर्भवती भएपछि मात्रै उनी बलात्कृत भएको खुलेको हो,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘अहिले किशोरीको शारीरिक अवस्था कमजोर छ, उनी मानसिक रूपमा पनि कमजोर देखिन्छिन् ।’

कञ्चनपुरको बेलौरी नगरपालिका(२ स्थित भैंसोरीस्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठदेखि पटकपटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् । किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार चेकजाँच गर्दा उनी गर्भवती रहेको पुष्टि भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो ।

प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ । ‘किशोरीमाथि बलात्कार भएको थाहा भएपछि किशोरीका हजुरबुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘त्यसैका आधारमा तीनजनालाई पक्राउ गरी छानविन थालिएको हो, तर किशोरीको गर्भमा रहेको बालक कसको हो भन्ने अझै खुलेको छैन ।’

भण्डारीका अनुसार किशोरी मानसिक रूपमा कमजोर रहेको र त्यही अवस्थाको फाइदा उठाउँदै उनीमाथि बलात्कार भएको हुन सक्ने देखिएको छ ।

पक्राउ परेकामध्ये ३७ वर्षीय साधुराम किशोरीकै घरमा ट्र्याक्टर चलाउने काम गर्थे । उनले जेठदेखि नै ललाईफकाई पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरी निरीक्षक भण्डारीले बताए । दुईजनाको सम्बन्ध थाहा पाएका दीपक र हरिशंकरले ब्ल्याकमेल गरी मानसिक साउन(भदौदेखि पटकपटक बलात्कार गरेको खुलेको उनले बताए ।

गर्भवती भएको जानकारीपछि सोधपुछ गर्दा किशोरीले आफूले व्यहोरेको पीडा खोलेको उनका हजुरबुबाले बताएका छन् । ‘पहिला विरामी छु भन्ने गरेको भए पनि पेट बढ्दै गएका कारण शंका लागेर स्वास्थ्य संस्थामा परीक्षण गराएको किशोरीका उनको भनाइ छ। ती किशोरीको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । किशोरीको गर्भपतन गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १२ : १७ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्