५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने



काठमाडौं । वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने सहभागीले बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र, नेपालले आइतबार आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा भएको ‘माननीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा कोभिड–१९ को वातावरण संरक्षण गर्न सकेमात्र मानिसले स्वच्छसँग बाँच्न पाउने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले अहिले कोभिड–१९ को महामारीले वातावरण संरक्षण गर्न सिकाएको बताउनुभयो । उहाले अहिले बन्दाबन्दी (लकडाउन) ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकाले अहिलेकै जस्तै वातावरण बनाउन सके मानिसमा कुनै पनि किसिमको रोग नलाग्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौंका जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल सोमबारदेखि जनजीवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तन गरिन थालिएको बताउनुभयो । उहाले सरसफाइ राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने भन्दै कुहिने र नकुहिने फोहरलाई अलगअलग व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौं उपत्यकामा दैनिक एक हजार १४३ मेट्रिक टन फोहर उत्सर्जन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताउनुभयो । उहाले काठमाडौंमा मात्र दैनिक एक हजार राँगाको बध गर्ने भएकाले त्यस्तो बधको अन्त्य गर्न महानगर लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउनुभयो ।

वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष तीर्थ कोइरालाले पत्रकारले नेताका भाषणमात्र नलेखेर वातावरणले पार्ने प्रभावबारे लेख्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४४ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही