२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

कोहलपुरमा बहुमूल्य मूर्तिसहित चोर पक्राउ



बाँके । बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ । विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संग्लन सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर–२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुईजना बालक छन् । विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ। उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको डिएसपी मल्लले जानकारी दिए ।

उनीहरुले चोरी गरेका गहना पगालेर वा टुक्रा पारी बेच्ने गरेका थिए । पसलबाटै चाँदीको जस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, वाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ ।

प्रहरीले चोरीका तीन थान मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका बहुमूल्य मूर्ति चोरी गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका–७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भिमसेन थापा गाउँपालिका–१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती हुन्। रेग्मी र मग्रातीले पहेंलो धातुबाट बनेको पुरानो जस्तो देखिने गौतम बुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० ऐनबहादुर मल्लका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवैजनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजना माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ३१ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित