३ माघ २०८२, शनिबार | January 17, 2026

सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन वीरगञ्ज महानगरको चेतावनी



वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो ।

महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो ।

सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो । शुक्रबार हटाउन चेतावनी दिएको र शनिबारदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने छ । सहायक बाइपाससँगै बाइपास सडकखण्डमा अहिले ठूला सवारीसाधन बस, ट्रक जस्ता गाडी जथाभावी पार्किङ गर्ने गरेको पाइन्छ ।

मेयर सिंहसहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ । फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

टोलीले वडा नम्वर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ । भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासका –आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ३५ बजे

निर्वाचन आयोगले मान्यता दिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली

कालिका मानवज्ञान मावि व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली पुनः सर्वसम्मत चयन

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय

कालीकोटमा जीप दुर्घटना हुँदा स्काभेटर अपरेटरसहित तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना

निर्वाचन सामग्री आपूर्तिका लागी १३ संस्था सूचीकृत, हेलिकोप्टर कम्पनीले देखाएनन् चासो

काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायत