२० मंसिर २०८२, शनिबार | December 6, 2025

आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक 



महोत्तरी । गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा  मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए ।

‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन ग-यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने ।विद्यार्थीको आन्दोलनपछि गौशाल नगरपालिका प्रमुख डा. दीपेन्द्र महतोले रातारात शिक्षक नियुक्ति गरेर नवराजपुरस्थित श्री माध्यामिक विद्यालयमा पठाए ।

‘लोकतन्त्रमा आफ्नो अधिकारको लागि आन्दोलनसमेत गर्न सकिन्छ भन्ने थाहा थियो । तर, माग पूरा हुन्छ भन्ने विश्वास थिएन । आन्दोलनको यत्रो शक्ति हुन्छ भन्ने बल्ल थाहा पायौं,’  महतोले थपे ।

शिक्षकको अभावमा पठनपाठनमा समस्या थियो ।  अतिरिक्त कक्षा नलिए परीक्षासम्म कोर्स सकिने अवस्था नरहेको विद्यार्थीहरू बताउँछन् । विषयगत शिक्षक आएसँगै पठनपाठनले गति लिएको छ ।

कक्षा–१० मा अध्ययनरत अनिलकुमार महतो पाँच महिनादेखि अध्यापन नै नभएका विषयहरू अहिले पढाउन थालिएको बताउँछन् । ‘शैक्षिकसत्रको सुरुवातदेखि पढाइ नभएपछि   विद्यालय प्रशासन र नगर शिक्षा शाखाको ध्यानाकर्षण गरायौँ । तर, सुनुवाइ भएन,’ उनले भने, त्यसपछि विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नगरपालिकाले विषयगत शिक्षक पठाएको छ । अहिले पढाइ भइरहेको छ ।’

गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू नै पढाइ नभएपछि यस विद्यालयमा अध्ययनरत कक्षा–८, ९ र १० का विद्यार्थीहरू विशेषगरी मर्कामा परेका थिए ।

यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  शैक्षिक प्रावधानअनुसार ५० विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्छ । तर, यहाँ जम्मा ५ जना मात्र शिक्षक थिए ।  विद्यार्थीहरूको दवावपछी अहिले चारजना शिक्षक थपिएका छन् ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १२ : २२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले