३० भदौ २०८३, मंगलबार | September 16, 2026

कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण



दोहा । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

कतार ओलम्पिक कमिटी (क्यूओसी) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा विश्वकप २०२६ को आयोजनाको लागि जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितिमा संयुक्त राष्ट्र लिन्डा थोमस(ग्रीनफिल्डमा लुसेल रंगशालामा फिफा विश्वकप कतार २०२२ को फाइनल खेल पछि आइतबार राती औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

अध्यक्ष शेख जोआनले कतारले मध्यपूर्वमा पहिलो पटक विश्वकपको असाधारण संस्करण आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले क्यानडा, मेक्सिको र अमेरिकाले सन् २०२६ मा सफल विश्वकप आयोजना गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

उनले फिफा विश्वकप आयोजना गर्न विशेष गरी संस्कृतिलाई नजिक ल्याउन र विश्वका जनतालाई एकताबद्ध गर्न खेलको भूमिकालाई अभिवृद्धि गर्ने सन्दर्भमा आफ्नो विशेषज्ञता र अनुभवले भ्याए सम्म काम गरेको बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ०६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज