२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण



दोहा । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

कतार ओलम्पिक कमिटी (क्यूओसी) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा विश्वकप २०२६ को आयोजनाको लागि जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितिमा संयुक्त राष्ट्र लिन्डा थोमस(ग्रीनफिल्डमा लुसेल रंगशालामा फिफा विश्वकप कतार २०२२ को फाइनल खेल पछि आइतबार राती औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

अध्यक्ष शेख जोआनले कतारले मध्यपूर्वमा पहिलो पटक विश्वकपको असाधारण संस्करण आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले क्यानडा, मेक्सिको र अमेरिकाले सन् २०२६ मा सफल विश्वकप आयोजना गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

उनले फिफा विश्वकप आयोजना गर्न विशेष गरी संस्कृतिलाई नजिक ल्याउन र विश्वका जनतालाई एकताबद्ध गर्न खेलको भूमिकालाई अभिवृद्धि गर्ने सन्दर्भमा आफ्नो विशेषज्ञता र अनुभवले भ्याए सम्म काम गरेको बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ०६ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई