२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

प्रधानमन्त्रीको आकांक्षी हुँ तर पदका लागि सबै चिज दाउमा राख्दिन : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि मात्र मरिहत्ते नगरेको बताएका छन् ।

सोमबार चितवनमामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद प्राप्तिका लागि सबै राजनीतिक विषयलाई दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका हुन् ।

प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’ उनले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने जिकिर गरे । तर, कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा अहिले छलफल चलिराखेको उनले दाबी गरे ।

अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : २९ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको