१७ माघ २०८२, शनिबार | January 31, 2026

फिनिक्स कलेजका कार्यकारी निर्देशक पोख्रेल आउटस्ट्याण्डिङ लिडरसिप अवार्डद्वारा सम्मानित



काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेल आउटस्ट्याण्डिङ लिडरसिप अवार्डबाट सम्मानित भएका छन । दुबईको फेस्टिभल सिटीस्थित इन्टर कन्टिनेन्टल होटलमा संचालित एजुकेशन २.० बहुराष्ट्र सम्मिलित इन्टरनेशनल कन्फरेन्समा निर्देशक पोख्रेल सम्मानित भएका हुन् ।

डिसेम्बर १६ देखी डिसेम्बर १८ गते तीन दिन सम्म संचालन भएको एजुकेशन २.० कन्फरेन्समा संसारभरका शैक्षिक क्षेत्रका ३०० भन्दा बढी बिज्ञहरु सम्मिलित भएका थिए । कार्यक्रममा विभिन्न बिज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मानित पोखे्रलले पनि प्यानल डिस्कसनमा भाग लिई विज्ञ वक्ताको रुपमा आफ्नो प्रस्तुती दिएका थिए ।

इन्फिनियमइभेन्ट्सद्वारा आयोजना गरीएको उक्त कार्यक्रम दुबईको फेस्टिभल सिटी र अमेरिकाको लास भेगासमा संचालन हुने गर्दछ । उक्त इभेन्टमा एजुकेसन, हेल्थ, इन्टरनेट, कानून, मार्केटिङ, मनि समेत गरी ६ वटा विधामा कन्फरेन्स संचालन हुने गर्दछ ।

नेपाली राष्ट्रिय पोषाकमा सम्मान लिएपछि मन्तव्य दिंदै पोख्रेलले अवार्डले आफु निकै गौरवान्वित भएको भन्दै उक्त सम्मान परिवार, साथिभाई, बिद्यार्थी, शिक्षक, कर्मचारी लगायत प्रोत्साहन गर्ने ज्ञात अज्ञात सबैलाई समर्पण गरे । कन्फरेन्समा सिकेको कुरालाई देश भित्र शैक्षिक विकासमा प्रयोग गर्ने जानकारी पोख्रेलले गराए साथै नेपालमा पनि भबिष्यमा यस्तै अन्तराष्ट्रिय कन्फरेन्स संचालन गर्ने बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १ : ४२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक