७ श्रावण २०८३, बिहिबार | July 23, 2026

द ब्रिटिस कलेजमा अव ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’



काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्ने भएको छ । ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’द्वारा सञ्चालन गराइने सो कलेजले जनाएको हो । नयाँ कोर्सका लागि आवेदनदिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ ।

किल् विश्वविद्यालयको ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायीहुने कलेजले दाबी गरेको छ । कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले आज प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

किल् विश्वविद्यालयले युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो । विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभवप्राप्तगर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।

ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने,‘उक्त विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा हामी उत्साहित छौँ । नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ । यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’गर्न सहयोग गर्नेछ ।’

कंडेलका अनुसार डिग्री हासिलगर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध छ । नयाँ कोर्समा भर्ना हुने पहिलो ३० जनाविद्यार्थीहरुलाई ट्युसनफिमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुने जनाउँदै कलेजले अफर जनवरी महिनासम्म मात्र कायम हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ३९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क