१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बुटवल उपमहानगरद्वारा मध्यावधिको समीक्षा, बिश्वकै उत्कृष्ठ नगर मध्य एउटा नगर बनाउने नगर प्रमुखको दाबी



बुटवल । बुटवल उपमहानगरपालिकाले पाँच वर्षे आवधिक योजना अन्तरगत भैरहेका कामको समीक्षा तथा उपलब्धि बारे जानकारी दिएको छ । उपमहानगरले सामाजिक दुरि र स्वास्थ्य सुरक्षाको प्रवन्धसहित गरेको पत्रकार सम्मेलनमा हालसम्म गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ ।

उप महानगरपालिकाले आवधिक, दीर्घकालीन र गौरवका आयोजनाहरु अगाडि बढाएको, कोभिड–१९ को महामारीका विरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्नुका साथै महामारीको रोकथाम तथा नियन्त्रणमा भएका खर्चको समेत विवरण सार्वजनिक गरेको छ ।

अढाइ वर्षे मध्यावधि अवधिमा नगरभित्र भएका पूर्वाधार विकास, विकासे योजना, नगर गौरव, प्रदेश गौरव र राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको प्रगति लागायतका विषयमा उपमहानगरले जानकारी गराएको छ । उपमहानरले पाँच वर्षे आवधिक र १५ वर्षे दीर्घकालीन विकास योजना, नगरको एकीकृत विकास गुरुयोजना समेत तयार पारेर तिनलाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको पत्रकार सम्मेलनमा प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उनले महामारीको बेलामा पनि बुटवलमा विकासे कामहरु सुरक्षा प्रवन्धसहित सुचारु रहेको र लकडाउनका बेलामा समेत स्वास्थ्य सुरक्षासहित दैनिक ज्यालादारीका कामलाई अगाडि बढाइएको बताए ।

त्यसअवसरमा संरचना, सेवाप्रभाव, सहरी तथा पूर्वाधार विकास, शिक्षा, स्वस्थ्य, सीप, रोजगार, उद्यमशीलता, विपद् ब्यवस्थापन, खानेपानी, सरसफाई, वातावरण, कृषिको क्षेत्रमा उल्लेख्य काम भएको बिवरण उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले प्रस्तुत गरेका थिए ।

शर्माका अनुसार बुटवलमा सडक तथा यातायाततर्फ कालिकापथ, श्रवणपथ आन्तरिक बाइपास, बुटवल चक्रपथ, ट्रान्सपोर्ट भिलेज, कच्ची सडकलाई ग्राभेल तथा पिचमा स्तरोन्नति र सुखौरा खोला व्यवस्थापन परियोजनाका काम अगाड बढिरहेका छन् । उपमहानगरमै हालसम्म श्रवणपथ, मिलनचोक, थकालीसमाज पुल, उजिरसिंह टोल पुल, सतगगढी खोला पुल, चन्द्रनगर, ताइवान टोललगायतका विभिन्न ११ स्थानमा पुल निर्माण भएका छन् ।

उपमहानगरले पर्यटनतर्फ जितगढी किल्लाको गुरुयोजना बनाएर काम गरिरहेको छ । जितगढीलाई राष्ट्रिय धरोहरका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम भइरहेको प्रमुख सुवेदीले बताए ।

यसैगरि पर्यटनतर्फ बुटवलको महत्वपूर्ण सिमसारका रुपमा रहेको बैठौलिया कपरकट्टी ताल, नरेनापुर धाम, मिलनपार्क, रामापिथेकश पार्क, लक्ष्मीपार्कलगायतलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ । यी पार्कहरुको गुरुयोजना नै बनाएर सोही अनुरुप काम भइरहेको प्रमुख सुवेदीले जानकारी दिए ।

सुबेदीका अनुसार बुटवलले हिलपार्कलाई बुद्धपार्कका रुपमा विकास गर्न लागिरहेको छ । यसका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुसार हिलपार्कमा बिसाल बुद्धको प्रतिमा निर्माण गर्ने र त्यहीँ ध्यान गर्न मिल्नेगरि ध्यान केन्द्र निर्माण गरिने छ ।

कृषितर्फ उपमहानगरमा प्रदेश सरकारको सहकार्यमा बुटवल आधुनिक बधशाला निर्माणका लागि डीपीआर तयार भएको छ । यस्तै कन्द्र सरकारको सहकार्यमा सेमलारमा आधुनिक कृषि उपज केन्द्रको पनि डीपीआर तयार भइ निर्माणको काम सुरु हुने चरणमा पुगेको छ ।

सार्वजनिक जग्गा जोगाउने, ट्राफिक ब्यवस्थापन, शहरी क्षेत्रमा हरियाली गर्ने, बैज्ञानिक तरिकाले घरको ब्यवस्थापन, नगर कुरुप बनाउने केबल र नेटको ब्यवस्थापन गर्ने विषयलाई उपमहानगरले चुनौतीका रुपमा लिएको पत्रकार सम्मेलनमा बताईएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : ५२ बजे

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको