१६ बैशाख २०८१, आइतबार | April 28, 2024

दोस्रो कालिका रनिङशिल्डको उपाधि कुवरवर्तीलाई



बुटवल । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बोडिङ स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो ।

कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै एभरेष्ट र्बोडिङ स्कुल तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्र भलिबलको उपाधि कुवरवर्ति इगलि बोर्डिङ स्कुलले हात पारेको छ । फाईनल खेलमा उजिरसिह माबिलाई ३-१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ई बोर्डिङ स्कुलले न्यु होराईजन ई बोर्डिङ स्कुलमाथि ३-० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माबिलाई २-० सेटमा पराजित गरेको छ ।
छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिले शिवपुर माविलाई ११३-२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन ई बो स्कुल तेस्रो भएको छ ।

छात्रा कबडीको उपाधि भने न्यु होराईजन माबिले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिलाई ४२-३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

कविता प्रतियोगितामा प्रशंसा प्रथम

कालिका मानवज्ञान माबिको प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन । शेर बहादुर गुरुङ अक्षयकोष २०६७ द्वारा कालिका मानवज्ञान माबिको ६२ औं वार्षिकोत्सब अवसरमा जिल्लास्तरीय अन्तर माबि कविता प्रतियोगिता सन्चालन गरिएको थियो ।

‘युवा र राजनीति’ शिर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुलकि अन्जली पान्डे र मणिमुकुन्द मा विकि प्रतिभा अर्याल क्रमशः द्वितीय र तृतिय भएका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक बिबेकराज पोख्रेलले बताए । प्रतियोगितामा दिल साहनी, ऋषिराम अर्याल र टेकराज अर्यालको मुल्यांकन समितिले निर्णायकको भुमिका खेलेका थिए ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : १२ बजे

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको