५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, सांसदको शपथपछि दलको नेता चुन्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ ।

संघीय संसद् भवनमा बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिइसकेपछि मात्र माओवादीले संसदीय दलको नेता चयन गर्ने भएको छ । शपथग्रहण लगत्तै माओवादीले दलको नेता चयनका लागि बैठक बोलाएको छ ।

बैठक ४ बजेदेखि सुरु हुने छ। नेता चयनका लागि बैठक भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दलको नेता चयन हुने निश्चित छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी माओवादी केन्द्रका ३२ सांसद छन् ।

यसअघि बुधबार निर्वाचन प्रक्रियाबाट कांग्रेसले दलको नेता चयन गरेको छ । जसमा ६४ मत ल्याउँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : २३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता