५ पुस २०८२, शनिबार | December 20, 2025

सरकार अहिलेको गठबन्धनबाटै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह हुँदैछ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार अहिलेकै गठबन्धनबाट बन्ने बताएका छन्।

सांसदको शपथ लिएपछि संघीय संसद भवनमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने बारेमा सल्लाह भैरहेको जनाए । आज सपथ ग्रहण पनि सफलतापूर्वक सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी गठन हुन्छ। सरकार यही गठबन्धनको बन्छ।’ उनले भने, ‘को प्रधानमन्त्री बन्ने भन्नेबारेमा हामी सल्लाह गर्दैछौं।’
प्रचण्डले शान्तिपूर्ण र सफलतापूर्वक सफल भजस्तै गरी सरकार पनि सहज ढंगले नै बन्ने विश्वास व्यक्त गरे ।

निर्वाचन आयोगले निर्वाचन सम्पन्नसम्बन्धी प्रतिवेदन बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छिन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  २ : ५६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता