२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल नियुक्त



काठमाडौ । जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन । जिएमई रेमिटको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल तथा कलाकार लम्सालले हस्ताक्षर गरेका छन ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौडेलले सागर लम्साललाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी महशुस गरेको ब्यक्त गरेका छन् ।

कम समयमै थप आकर्षण सहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको जिएमईका प्रमुख व्यवासाय अधिकृत बद्री कटवालले उल्लेख गरे ।

कलाकार सागर लम्साल बले पात्रबाट चर्चित छन । उनी अहिलेको चर्चित हाँस्य टेलिशृखंला सक्किगोनीमा प्रमुख पात्र को रुप मा अभिनय गर्छन । करिब १० बर्षदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइएका कलाकार हुन ।

जिएमई रेमिटले विगत १० वर्षदेखि रेमिट्यान्स सेवा दिदैँ आएको छ । देशभर रेमिटले करिब २० हजार एजेन्टमार्फत रकम भुक्तानीको सेवा प्रदान गर्दै आएको छ साथै तत्काल भुक्तनी लिन मिल्ने गरी जुन सुकै बैंक तथा बित्तीय संस्था मा पनि रकम जम्मा गर्ने सुबिधा प्रदान गर्दै आएको छ ।

हाल जिएमई रेमिटले विश्वका बिभिन्न मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ र जिएमइ रेमिट प्रालिले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ०२ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर