२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल नियुक्त



काठमाडौ । जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन । जिएमई रेमिटको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल तथा कलाकार लम्सालले हस्ताक्षर गरेका छन ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौडेलले सागर लम्साललाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी महशुस गरेको ब्यक्त गरेका छन् ।

कम समयमै थप आकर्षण सहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको जिएमईका प्रमुख व्यवासाय अधिकृत बद्री कटवालले उल्लेख गरे ।

कलाकार सागर लम्साल बले पात्रबाट चर्चित छन । उनी अहिलेको चर्चित हाँस्य टेलिशृखंला सक्किगोनीमा प्रमुख पात्र को रुप मा अभिनय गर्छन । करिब १० बर्षदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइएका कलाकार हुन ।

जिएमई रेमिटले विगत १० वर्षदेखि रेमिट्यान्स सेवा दिदैँ आएको छ । देशभर रेमिटले करिब २० हजार एजेन्टमार्फत रकम भुक्तानीको सेवा प्रदान गर्दै आएको छ साथै तत्काल भुक्तनी लिन मिल्ने गरी जुन सुकै बैंक तथा बित्तीय संस्था मा पनि रकम जम्मा गर्ने सुबिधा प्रदान गर्दै आएको छ ।

हाल जिएमई रेमिटले विश्वका बिभिन्न मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ र जिएमइ रेमिट प्रालिले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ०२ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ