३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लुम्बिनी प्रदेश विश्वविद्यालयका लागि संघीय सरकारले जग्गाको भाडा मागेपछि कार्यान्वयनमा ढिलाई



बुटवल । लुम्बिनी प्रादेशिक विश्वविद्यालयका लागि खजुरा गाँउपालिकाले भोगाधिकारका लागि सिफारिस गरेको जग्गामा संघीय सरकारले भाडा मागेपछि विश्वबिद्यालयको कार्यान्वयनमा ढिलाई हुने देखिएको छ । लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको प्रदेश प्राविधिक विश्व विद्यालयका लागि प्रदेशले भोगाधिकार मागेको जग्गामा संघीय सरकारले लिजमा (भाडामा) लिन भनेपछि विश्वबिद्यालय कार्यान्वयन पक्रियामा ढिलाई हुने भएको हो ।

रुपन्देहीका पत्रकारहरुलाई मुख्यमन्त्री कुल प्रसाद केसीको सचिवालयले धन्यवाद दिन राखेको कार्यक्रममा बोल्दै विश्वबिद्यालयका कुलसचिव रेग भण्डारीले संघीय सरकारले लिजमा लिन प्रस्ताव गरेपछि पुनः प्रदेश सरकारले विश्वबिद्यालयलाई नि:शुल्क हस्तान्तरण वा भोगाधिकारका लागि निर्णय गर्न प्रदेश सरकारको तर्फबाट सिफारिस भएको बताए । उनले बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरि विश्वबिद्यालय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए ।

प्रदेश सरकारले विश्वबिद्यालय स्थापनालाई आफ्नो गौरवको कार्यक्रममा राखेको छ । विश्वबिद्यालयका लागि अघिल्लो आर्थिक वर्षमा खजुरा गाँउपालिकाले पालिकाको वडा नम्बर ८ मा रहेको झण्डै एकसय बिगाहा जग्गा विश्वबिद्यालयले भोगाधिकार गर्ने गरि सिफारिस गरेको थियो । पालिकाबाट निर्णय गरि जिल्ला समन्वय समितिको समेत सिफारिसमा प्रदेश सरकारबाट संघीय सरकारमा भोगाधिकार (हक हस्तान्तरण) कालागि सिफारिस भएकोमा सरकारी विश्वबिद्यालय संचालन गर्न माग गरिएको जग्गाको संघीय सरकारले भाडा मागेको बताइएको छ ।

विश्वबिद्यालय कार्यान्वयन गर्दै बाँकेको नेपालगन्जमा तत्कालका लागि केन्द्रीय कार्यालयसमेत उदघाटन गरिसकिएको छ । मुख्यमन्त्री केसीले कार्यालयको उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : ०८ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको