६ श्रावण २०८३, बुधबार | July 22, 2026

लमहीको जैविक विविधता पार्कमा अवलोकनकर्ता बढे


९ पुस २०७९, शनिबार  

169
Shares

भालुवाङ । लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

लमही नगरपालिका-५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ ।

पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए ।

वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने प्रकारका संरचनासमेत निर्माण भएका छन् । सामुदायिक वनले ३० बिघा क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको अध्यक्ष रिजालले जानकारी दिए ।

“पार्क व्यवस्थित बनाउनअझै थुप्रै काम रहेको छ । मेरो पदावधिभित्रै काम सक्ने लक्ष्य लिएको छु, कतिसम्म पूरा हुन्छ”, रिजालले भने । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर सामुदायिक वनको आयस्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो । आर्थिक वर्ष २०७५/०७६ मा त्यस पार्कमा करिब २० हजार पर्यटकले भ्रमण गरेको तथ्याङ्क सामुदायिक वन कार्यालयसँग छ ।

आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । भारतको लागि कोइलावास नाका मुख्य प्रवेशद्वार हो । जसलाई राप्तीको प्रवेशद्वारा मानिन्छ । यो पार्क व्यवस्थित गर्नसके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । भारतमा विष्णु र शिव भगवान् मान्नेको ठूलो समुदाय छ । तिनलाई राप्तीको प्रवेशद्वार कोइलावास नाका हुँदै नेपालको विभिन्न धार्मिकस्थलमा ल्याउन सकिने र यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा हेर्न थालिएको स्थानीय किशोर गुप्ताले बताए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : ४६ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले