३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बालुवाटारमा प्रचण्ड र देउवाबीच निर्णायक भनिएको ‘वान टु वान’ संवाद



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्न बालुवाटार पुगेका छन् ।

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेपछि गठबन्धन नै टुट्ने अवस्थामा प्रचण्ड र देउवाबीच वान टु वान संवाद भएको हो ।

प्रचण्डले नयाँ सरकारको पहिलो नेतृत्व आफुले गर्न पाउनुपर्ने शर्त राखेकाछन् । तर, देउवाले आफैले सरकारको नेतृत्व गर्ने बताइरहेकाछन् । गठबन्धनको बैठक बस्नुअघि देउवा र प्रचण्डबीच छलफल भएको हो ।

प्रचण्डसँग संवाद गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । यस्तै, प्रचण्डले पनि पदाधिकारीमा रहेका नेताहरुसँग छलफल गरेका छन् ।

माओवादीले र।ष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छाड्न नसकिने निस्कर्ष निकालेको छ । कांग्रेस नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर आज बिहानै प्रचण्डसँग भेट गरेका थिए ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आजसाँझ ५ बजेबाट सकिँदैछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : १४ बजे

कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षाको सम्भावना

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही