२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रचण्ड आजै प्रधानमन्त्री बन्दै, शपथ पनि आजै खुवाउने तयारी



काठमाडौं । १६६ सांसदको समर्थन सहित दाबी पेश गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले दाबी गरेको छ ।

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन सहित ५ बज्नै लाग्दा प्रचण्डले राष्ट्रपति समक्ष प्रधानमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गरेका थिए । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समय सीमा आजै साँझ पाँच बजे सकिएको थियो ।

नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो । ओली निवास बालकोटमा प्रचण्ड, ओली लगायतका नेताहरुबीच भएको छलफलपछि राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलहरुबीच सहमति जुटेको थियोे ।

उक्त छलफलमा साना दलहरुले समर्थन जनाउने र बहुमत जुट्ने प्रष्ट भएपछि प्रचण्ड र ओली सोही बैठकको निर्णयअनुसार बहुमतको दाबीका साथ शीतल निवास पुगेका थिए । राष्ट्रपतिले दिएको समय सीमाभित्रै दलका नेताहरू शीतलनिवास पुगेका थिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : ४८ बजे

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा

काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी