५ पुस २०८२, शनिबार | December 20, 2025

प्रचण्ड आजै प्रधानमन्त्री बन्दै, शपथ पनि आजै खुवाउने तयारी



काठमाडौं । १६६ सांसदको समर्थन सहित दाबी पेश गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले दाबी गरेको छ ।

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन सहित ५ बज्नै लाग्दा प्रचण्डले राष्ट्रपति समक्ष प्रधानमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गरेका थिए । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समय सीमा आजै साँझ पाँच बजे सकिएको थियो ।

नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो । ओली निवास बालकोटमा प्रचण्ड, ओली लगायतका नेताहरुबीच भएको छलफलपछि राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलहरुबीच सहमति जुटेको थियोे ।

उक्त छलफलमा साना दलहरुले समर्थन जनाउने र बहुमत जुट्ने प्रष्ट भएपछि प्रचण्ड र ओली सोही बैठकको निर्णयअनुसार बहुमतको दाबीका साथ शीतल निवास पुगेका थिए । राष्ट्रपतिले दिएको समय सीमाभित्रै दलका नेताहरू शीतलनिवास पुगेका थिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : ४८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन