२४ बैशाख २०८१, सोमबार | May 7, 2024

यसरी भत्कियो गठबन्धन



काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए ।

शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे । सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने ।

कांग्रेस नेता पौडेल भन्छन्, ‘राष्ट्रपति र सभामुख छाड्न प्रचण्ड तयार थिए, देउवा प्रधानमन्त्री छाड्न तयार भएनन्, उनले माधव नेपाललाई राष्ट्रपति बनाउने विषय ल्याए, अवस्था बिग्रियो ।’

आइतबार पनि गठबन्धनमा सहमतिका लागि प्रयास भए । निधिसँगको भेटपछि प्रचण्ड आफैं देउवालाई भेट्न बालुवाटार पुगे । तर, देउवा टसमस भएनन् । र प्रचण्ड बालुवाटारबाट निस्किएर बालकोट हानिए ।

प्रचण्डको बालकोट प्रवेशसँगै सत्ता गठबन्धन भत्कियो । र देशमा नयाँ राजनीतिक समीकरण बन्दै सात दल र तीन स्वतन्त्र सांसद गरी १ सय ६९ जनाको समर्थन प्राप्त गर्दै प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भए । कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिलो चरणमा प्रधानमन्त्रीमा आआफ्नो दाबी नछाड्दा गठबन्धन भत्कियो । मुलुकमा बनेको नयाँ राजनीतिक समीकरणसँगै कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ४९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,