१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

रुकुम पश्चिम घटनामा मृतकको परिवारलाई १० लाख र घाइतेको निशुल्क उपचारगर्न गृहको सिफारिस



काठमाडौँ । पश्चिम रुकुम घटनामा मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ ।

गृहले मन्त्रिपरिषदलाई गरेको प्रस्तावमा राहत स्वरुप १० लाख सहित घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनिपनि रहेको छ । गृहको प्रस्ताव मन्त्रिपरिषद्‍बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ ।

रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको बताईएको छ ।

गत जेठ १० गते राति रुकुम पश्चिम (सोती)मा प्रमिका भगाउन पुगेका नवराज बिक सहित गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बूढा, सन्दीप बिक र तथा चौरजहारीका टिकाराम सुनारको गाउँलेको कुटाइबाट मृत्यु भएको थियो । मारिएका सबैको भेरी नदीमा शव भेटिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ३४ जनाविरुद्ध आइतबार रुकुम जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अदालतले प्रमिका भनिएकी नाबालिक भएको भन्दै सुधार गृहमा पठाउन आदेश दिएको छ भने अन्यलाई हिसासतमा राखेर अनुसन्धान गर्न भनेको छ । आरोपितमध्ये ५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

कुटाइबाट जाजरकोटका अन्य १२ जना युवा घाइते भएका थिए । घटनालगत्तै गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत र घाइतेलाई क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गरिएको हो ।

जातीय बिभेद भएको भन्दै घटनाका बिषयलाई लिएर दलित संघ संस्थाहरुको अगुवाईमा देशका बिभिन्न भागमा प्रदर्शन र बिरोध कार्यक्रम गर्दै आएकाछन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ०१ बजे

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल