२८ माघ २०८२, बुधबार | February 11, 2026

फिलिपिन्समा आएको बाढीका कारण दशौँ हजार मानिस घर छोडेर भाग्न बाध्य



फिलिपिन्स । फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् ।

देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् ।

क्याथोलिक धर्मावलम्बीको बाहुल्यता रहेको यस देशको सबैभन्दा महत्वपूर्ण चाडको अवसरमा मनाइने उत्सवमा आइतबार आएको बाढीले क्षति पु¥याएको छ ।

“शनिबार र आइतबार व्यापाक बर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको छ,” गिङ्गोग शहरबाट नागरिक सुरक्षाकर्मी रोबिन्सन लाक्रेले फोनमार्फत् एएफपीसँग बताए ।

सामुद्रिक सुरक्षा गार्डले दक्षिणी शहर ओजामीज र नजिकैको क्लारिन शहरका दुई दर्जनभन्दा बढी परिवारका सदस्यलाई उद्धार गरेको जनाएको छ ।

सामुद्रिक सुरक्षागार्डले सार्वजनिक गरेको तस्बिरमा उद्धारकर्ताले रातको समयमा बालबालिकालाई घरहरूबाट उद्धार गरी कम्मरसम्म डुबेको अवस्थामा बाढीको पानी पार गरिरहेको देखिएको छ । नजिकैको दक्षिणी शहर जिमेनेज र टुडेलामा डुबेर तीन जना र एक अन्य गरी चार जनाको मृत्यु भएको छ ।

सुरक्षा गार्डका अनुसार तीव्र हावाहुरी र ठूलो छालका कारण क्रिसमसको दिन मध्य टापु लेटेको तटमा माछा मार्ने एउटा डुङ्गा डुबेको थियो । चालक दलका दुई सदस्यको मृत्यु भएको छ भने अन्य छ जनाको उद्धार गरिएको छ ।

पूर्वी शहर लिब्मानन र तिनामबाकमा क्रिसमसको केही दिनअघि आएको बाढीका कारण एक बालिकासहित अन्य दुई जनाको डुबेर मृत्यु भएको नागरिक सुरक्षा कार्यालयले जनाएको छ ।

उन्नाइस जना हराइरहेका छन्, जसमध्ये अधिकांश देशको प्रशान्त महासागरीय तटका निर्वाहमुखी मछुवाहरू हुन् । उनीहरू क्रिसमसको केही दिन अघि कठिन सङ्घर्षका बावजुद समुद्रमा डुबेका थिए ।

११ करोड जनसङ्ख्या भएको यो विपत्तिग्रस्त राष्ट्रले क्रिसमसको लामो बिदाको तयारी गरिरहँदा मौसम खराब भएको थियो ।

क्रिशमसका समय लाखौं मानिसहरू पारिवारिक पुन ः मिलनको लागि आफ्नो गृहनगरमा आउने गर्छन् ।

फिलिपिन्स जलवायु परिवर्तनको प्रभावको हिसाबले सबैभन्दा जोखिमयुक्त राष्ट्रहरूमध्ये एकमा पर्दछ ।

वैज्ञानिकहरूले संसारभरि तापक्रम बढ्दै जाँदा आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ४६ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले