९ माघ २०८२, शुक्रबार | January 23, 2026

बढ्यो रुपन्देहीमा यौन हिंसाका घटना, एक वर्षमा ३४ किशोरी बलात्कृत



भैरहवा । २०७८ चैत २३ गते रुपन्देही प्रहरीले सैनामैना नगरपालिका पानबारीका ४० बर्षिय राजकुमार बिश्वकर्मालाई पक्राउ गर्यो । बिश्वकर्माले ३५ बर्षिय बोल्न नसक्ने महिलालाई मादक पदार्थ सेवन गरी आफ्नै घरको गोठमा लगी बलात्कार गर्दै गर्दा उनकी श्रीमतीले देखेपछि प्रहरीकोमा उजुरी दिइन् । प्रहरीले सोही उजुरीका आधारमा बिश्वकर्मालाई पक्राउ गर्यो । बिश्वकर्मा अहिले पुपर्क्षका लागी थुनामा छन् ।

गत जेठ १५ गते ६ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनकै बाबुलाई पक्राउ गर्यो । तिलोत्तमा नगरपालिका वडा नं ७ निवासी २६ बर्षिय ति ब्यक्तीले जेठ १० गते छोरी सँगै टिभी हेरेर बसेको अवस्थामा बलात्कार गरेको भनेर उनकै श्रीमतीले उजुरी दिएकी थिइन् । उनि अहिले पुपर्क्षका लागी थुनामा छन् ।

गत साउन २७ गते ६ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको सुद्धोधन गाउँपालिकाबाट एक जना युवकलाई पक्राउ गर्यो । प्रहरीले २० बर्षिय सुनिल परियारले घरमै खल्दै गरेकी उक्त बालिकालाई चकलेट किनिदिने प्रलोभन देखाएर बलात्कार गरेको बालिकाको आमाले प्रहरीकोमा उजुरी दिएकी थिइन् । सोही दिन प्रहरीले परियारलाई पक्राउ गरेको थियो । अहिले परियार पनि पुपर्क्षका लागि थुनामा छन् ।

यो रुपन्देही जिल्लामा बिगत एक बर्षमा गैर राज्य पक्ष बाट भएका प्रतिनिधीमुलक यौन हिँसाजन्य मानवअधिकार उल्लघनका घटनाहरु हुन् । जिल्लामा पछिल्लो एक बर्षमा राज्य पक्ष भन्दा गैर राज्य पक्षबाट भएका मानवअधिकार उल्लघनका घटनाहरु धेरै बढेको देखिएको छ ।

अनौपचारीक सेवा केन्द्र (इन्सेक) रुपन्देहीले गरेको एक अध्ययन प्रतिवेदनले रुपन्देही जिल्लामा महिला तथा बालबालिकाहरु माथी हुने मानवअधिकार उल्लघनका घटनाहरु धेरैनै बढेर गएको छ । जिल्लामा बलात्कार, यौन दुर्ब्यवहार, महिला माथी हुने लैङ्गिक हिंसा र घरेलु हिंसा, बहुबिवाहका घटनाहरु, शरिर बन्धक तथा अपहरण एक बर्षको अवधीमा बढेको देखिन्छ ।

इन्सेक रुपन्देही प्रतिनिधी रिमा विसीले जिल्लामा पछिल्लो एक बर्षमा राज्यपक्ष बाट भएका मानवअधिकार उल्लघनको घटना कम हुदै गएको तर गैर राज्य पक्ष बाट भएका मानवअधिकार उल्लघनका घटना धेरै बढेको बताउँछिन् ।

इन्सेकको प्रतिवेदन अनुसार रुपन्देही जिल्लाको १ बर्षको अभिलेख अनुसार ६ सय ५५ वटा घटना भएका छन् , जसमा सबैभन्दा बढी घरेलु हिंसा रहेका छन् । जिल्लामा मादक पदार्थ सेवन गरि कुटपिट, शाररिक तथा मानसिक यातना, शंका उपशंका गर्ने, घर निकाला लगायत खालका घरेलु हिंसाका घटना ५ सय ५१ रहेका छन् । यस्तै बालिका बलात्कार ३४, बालिका यौन दुर्ब्यवहार १२, बालबिवाह १, महिला बलात्कार २६, महिला बलात्कार प्रयास १४, बहुविवाह ५, अपहरण तथा शरिर बन्धक जवरजस्ती गर्भपतन १, पारिवारिक हत्या ८, मानव बेचबिखन तथा ओसारपसार २ र कुटपिट गरेर गर्भपतन १ वटा मानवअधिकार उल्लघनका घटना रहेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले गैर राज्य पक्ष बाट हुने मानव अधिकार उल्लघनका घटना न्युनिकरणमा नागरिक समाजले महत्वपुर्ण भुमिका निभाउन सक्ने बताउछन् । पाण्डेले घरेलु हिंसा, महिला हिंसा लगायत गैर राज्यपक्ष बाट हुने मानवअधिकार उल्लघनका घटनाहरु प्रसासन, प्रहरी र जनप्रतिनिधी र नागरिक एक भएर काम गर्न सके न्युनिकरण गर्न सकिने बताए । जिल्ला प्रशासन कार्यालय यस्ता घटनाहरु न्युनिकरणको लागी प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : १५ बजे

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति