१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रदेश कांग्रेस दलको नेतामा बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी



हेटौँडा। कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेतामा दुईजनाको उम्मेदवारी परेको छ । बुधबार हुने दलको नेताको निर्वाचनका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी दर्ता गरेका हुन् ।

लामा केन्द्रीय सदस्य हुन् । बानियाँ कांग्रेस बागमतीका सभापति हुन् । उनी यसअघि दलको नेता थिए ।

दुवै सभापति शेरबहादुर देउवा पक्षधर नेता हुन् । बुधबार बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको समय थियो । उक्त समयमा बानियाँ र लामाले उम्मेदवारी दिएका हुन् । लामाको प्रस्तावकमा अर्का केन्द्रीय सदस्य कुन्दनराज काफ्ले प्रस्तावक, उर्मिला केसी नेपाल, तीर्थ लामा र रामकृष्ण चित्रकार समर्थक छन् ।

यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकाले लामालाई दलको नेता बनाउन अहिले कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मदनकृष्ण श्रेष्ठ हेटौंडा पुगेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर हेटौँडामा बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : २० बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा