४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकीकरण गर्दैन : प्रवक्ता खतिवडा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् ।

आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए । बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । सो क्रममा कांग्रेस समापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  २ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको