६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस



बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो ।

नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोषाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

होटलमा आएका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा दौरा सुरुवाल, कोट तथा ढाका टोपीसहित स्वागत गर्ने गरिएको बताउँदै उनले नेपाली संस्कृतिका बारेमा विदेशी पर्यटकहरुलाई समेत जानकारी गराउने गरिएको उनले बताए ।

होटल पौवाको बुटवल शाखामा मात्रै ७० जना कर्मचारीहरु रहेका छन् । यसैगरी रुपन्देहीकै भैरहवा, पाल्पा, गुल्मीको रेसुङ्गा, पोखरा, कपिलवस्तु, दाङकोे घोराही, लमही, धनगढी, जुम्ला गरी ११ वटा शाखा रहेका छन् । शाखा अन्तरगत ४५० बढीलाई रोजगार प्रदान गरिहेको होटल पौवाले स्थापनाकालदेखि नै नेपाली पोशाकमा सजिएर ग्राहकलाई स्वागत तथा सेवा प्रदान गर्ने गरेको भण्डारीले बताए ।

नेपाली उत्पादन तथा परिकारहरुलाई ग्राहक सामु पस्किने गरेको होटलमा ढिडो, आँटो, गुन्द्रुक, मोही तथा साधेका विभिन्न परिकारहरु उपलब्ध गराउने गरेको छ । नेपालको पहाडी जिल्लाहरुमा पाइने औषधिय गुण भएको टिमुरको अचार तथा टिमुरसँग साधेको चिकेन यहाँको मुख्य र आकर्षक परिकारको रुपमा रहँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : १७ बजे

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई