१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सिद्धबाबा दुर्घटनाको घाईतेलाई काठमाडौं रिफर गरियो, २ जनाको अवस्था गम्भिर



बुटवल । पाल्पाको दोभानबाट बुटवल तर्फ आईरहेको इसुजु डबलक्याप जिप दुर्घटनामा परेका ५ घाईतेहरुलाई काठमाडौं रिफर गरिएको छ । ६ जना घाईते मध्य २ जनाको अवस्था चिन्ताजनक र अन्यको पनि थप उपचार आवश्यक परेको भन्दै उनीहरुलाई काठमाडौं रिफर गरिएको लुम्बिनी प्रादेशीक अस्पतालले जनाएको छ ।

दोभान बाट बुटवल तर्फ आउंदै गरेको प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको जिप सिद्धबाबा मन्दिर देखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो ।

घाइतेहरुहरुमा दया पाण्डे, नन्दु बस्यालको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । घाईते शिव पाण्डे, बालकृष्ण बस्याल र बिनोद बस्याललाई पनि काठमाडौं रिफर गरिएको छ । अर्का घाईते कृष्ण बस्यालको भने लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भईरहेको छ ।

२ दिन पहिले पनि सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको हेडबक्स नजिकै एउटा टेक्सी तिनाउमा खास्दा एकजना घाईते भएका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३२ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने