१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नौलो सहकारीको १३ औं वर्षिक उत्सव तथा ५ औं अधिवेशन : अध्यक्षमा पुनः श्रेष्ठ



बुटवल । नौलो बहुउदेश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा तथा ५ औ अधिवेशनले माधव प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुटवलमा सम्पन्न ५ औ अधिवेशनले उपाध्यक्षमा ललितावंशी ठकुरी, सचिव सुदन अधिकारी र कोषध्यक्षमा हिराबहादुर केसीलाई चयन गरेको हो ।

सदस्यहरुमा विकासजँग बस्नेत, बसन्ती देवी उपाध्याय, संगिता पराजुली, तेजबहादुर घर्ती ढोगी, सन्जुकुमारी सुवेदी धर्तिमगर, खेम बहादुर बाह्घरे, दिपक बस्याल चयन भएको वरिष्ठ निर्वाचन अधिकृत पशुपति भण्डारीले जानकारी दिए । सहकारीको लेखा समितिको संयोजकमा अनिल भण्डारी तथा सदस्यहरुमा प्रकाश क्षेत्री र गणेश बोहोरा चयन भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

नौलो सहकारी संस्था लिमिटेड २०६६ सालमा डिभिजन सहकारी कार्यलय रुपन्देहीमा दर्ता भई २०७० मा विनियम संसोधनगरी नौलो बहुउदेश्यीय सहकारी संस्था लि कायम भएको थियो । सहकारी ५ औं अधिवेशनका अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलचानले मर्यादित र आर्थिक अनुशासनलाई पालना गर्दै अघि बढ्न आग्रह गरे । सहकारी नीति, बिधि र प्रविधिले चल्नु पर्नेमा जोड दिँदै उनले अहिलेको अवस्थामा सहकारीले आफ्ना सदस्यहरुसँग मात्र लगानी र कारोबार गर्न आग्रह गरे । आफ्ना सहकारी सदस्य भन्दा बाहिर लगानी गर्दा लगानी नै दुर्घटनामा पर्ने खतरातर्फ उनले सचेत गराए ।

सहकारीका सल्लाहकार वामदेव क्षेत्रीले सहकारी माध्यमबाट समाजमा छरिएर रहेको पूँजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी सेयर सदस्यहरुको आयआर्जन बढाउन सुझाव दिए । सहकारीमा जम्मा भएको पूँजीलालाई उत्पादन, श्रम र सीपसँग जोड्न सके रोजगारीका अवसरहरु बढ्ने र आय आर्जन बढाउन सकिने तर्क गरे ।

कार्यक्रममा अध्यक्ष माधब प्रसाद श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गदै सहकारीलाई सेवामुखि र नाफामुखि बनाई सदस्यहरुको व्यवसायीक वृद्धी गर्नको लागि योगदान गर्ने बताए । साथै उनले सहकारी समानता, सदभाव आपसी हित र सहयोगको आदान प्रदान गर्दै शेयर सदस्यको आर्थिक उन्नतीमा अग्रसर रहेको जानकारी दिए ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य सीता पाण्डेले प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्षको प्रतिवेदन हिराबहादुर के।सी प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनाल साथै विभिन्न सहकारीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि लगायतले सहकारीको बारेमा प्रकाश पारेका थिए ।

उपाध्यक्ष ललिताबंशी ठकुरीको स्वागत र सचिव सुदन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीले विभिन्न रेमिट्यान्स सेवा प्रदायकहरुसँग सम्झौता गरी देश तथा विदेशबाट पठाएको रकम सर्वसुलभ रुपमा रेमीटेयान्स सेवा दिई रहेको छ । जसमा आइएमई रेमिट, आइएमई पे, नबिल, वेस्टन यूनियन, हिमाल रेमिट, प्रभु रेमिटबाट टेलिफोन, बिजुली, पानी बिलिङ, मोबाइल ब्यालेन्स ट्रान्सफर लगायतका सेवा सुविधा दिँदै आएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १ : ५४ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा