४ माघ २०८२, आइतबार | January 18, 2026

गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला


१९ पुस २०७९, मंगलबार  

455
Shares

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्षघर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रियसभाका तीन सांसदको राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभाका तीन

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ