२ मंसिर २०८३, बुधबार | November 18, 2026

प्रधानमन्त्री बालेन्द्र र भारतीय राजदूत दलेलाबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारी र त्यसका एजेन्डाबारे राजदूत दलेलासँग जानकारी लिएका थिए।

जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए। उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : १८ बजे

Your email address will not be published.

प्रधानमन्त्री बालेन्द्र र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रहकाठमाडौ ।

ओलीको आक्रोश : म, देउवा र प्रचण्डलाई आईजीपीले थुनिदिने रे ? के हामी मजाकका पात्र हौं ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरुकाठमाडौ । स्थानीय निर्वाचनको तयारी र

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो ।बाँके । अलपत्र आयोजनाको